Give us a Call
056-493738 , 493798
Send us a Message
info@maulakalikahospital.com
Visit our Location
Bharatpur - 10 Chaubiskoti (In front of Airport)
मौलाकालिका अस्पतालका बरिष्ठ जनरल तथा ल्यापरोस्कोपिक सर्जन डा. रामजी बाँस्तोलाले यस अस्पतालमा सानादेखि ठूलासम्म शल्यक्रिया दुर्विन र चिरेर दुवै विधिबाट गरिंदै आएको बताउनु भएको छ । कान्तिपुर हेल्थसँग कुराकानी गर्दै उहाँले दुर्विन प्रविधिको प्रयोग गरेर सफल शल्यक्रिया हुने बताउनुभयो ।
मैले गर्र्ने मुख्य काम भनेको शल्यक्रिया हो । चिरेर र दुर्विन दुवै तरिकाबाट शल्यक्रिया गरिन्छ । यस अस्पतालमा मुख्य रुपमा हर्निया, एपेण्डिक्स, पित्त थैलीको पत्थरी, शरीरमा विभिन्न गाँठागुँठीहरु लगायत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गर्दछौं ।
चिरेर गर्ने शल्यक्रिया सबै प्रकारका गरिरहेका छौं । जर्मनबाट आयात गरिएको ल्याप्रोस्कोपी सर्जरी मेसिनबाट पनि हामीले शल्यक्रिया गर्दछौं । यो नयाँ प्रविधि हो । यसबाट शल्यक्रिया (अप्रेसन) गर्दा ठूलो घाउँ बनाउनु पर्दैन । जस्तै पित्ता थैलीको पत्थरी भएमा पेटमा तीन चार वटा साना साना (पाँचदेखि दश एमएमका) प्वाल बनाएर त्यसमार्फत् दुर्विन छिराएर शल्यक्रिया गरिन्छ । यसरी दुर्विनबाट भित्रै काट्ने, सिलाउने सबै काम गरिन्छ ।
यसरी पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्दा ढुंगा छुट्छ भन्ने भ्रम छ । त्यो गलत हो । नबुझ्ने वर्गले मात्रै त्यसो भन्ने हुन् । यसरी गर्दा चिरेर गर्दा जस्तै गरी सफल भएका छन् । हर्निया, एपेण्डिक्स, आन्द्राको लगायत ठूला ठूलो शल्यक्रिया पनि दुर्विनको माध्यमबाट गरिन्छ ।
कहिलेकाहीं सानोसानो कुराले पनि दुःख दिईरहेको हुन्छ । शरीरमा बोसो, सिस्टहरु पलाउने, स्तनमा गाँठागुँठी पलाउने जस्ता समस्याको पनि शल्यक्रिया गरेर निको पारिन्छ । पायल्स, फिसर, फिस्टुला, प्रोस्टेटको पनि हामीले शल्यक्रियाबाट उपचार गर्दै आएका छौं ।
अप्रेशन गरेर घर गईसकेपछि मुख बार्ने र खाना कम खाने चलन छ । यो गलत हो । सन्तुलित आहार नखाने र बिरामी झन् कमजोर हुने अवस्था आउँछ । त्यसैले चिल्लो, पिरो बाहेकका सबै खानेकुरा खाँदा हुन्छ । बिरामीको अवस्था र कुन ठाउँमा रहेको घाउ हो त्यसलाई भने ख्याल राख्नु पर्छ । जस्तै आन्द्रामा शल्यक्रिया गरिएको छ भने पचाउन सजिलो हुने खालका खानेकुरा खानुपर्छ । सुगर, प्रेसरका बिरामीले सुगर बढ्ने खानेकुरा खान हुँदैन । तर अरु खानेकुरा खानु पर्छ । शल्यक्रिया गरेका बिरामीलाई न्यूटेसनको धेरै आवश्यकता हुन्छ । शल्यक्रियाको प्रकृति हेरेर नर्मल घरमा पाकेको चिल्लो पिरो कम गरेर खाँदा हुन्छ ।
शल्यक्रिया गरेका बिरामीले घरमा गईसकेपछि घाउँको राम्रोसँग ख्याल गर्नुपर्छ । घरमा बिरामीलाई उठबस, हिड्डुल गर्दा साहारा दिने गर्नुपर्छ । घाउँको राम्रोसँग ड्रेसिङ गरिरहनु पर्दछ । कतिपयले घरमा गएर हेलचक्राइँ गर्ने अनि शल्यक्रिया राम्रो भएनछ, भन्ने गर्नुहुन्छ । घरमा गईसकेपछि पनि घाउ र खानपानमा ध्यान दिन सकियो भने छिटो निको हुन्छ ।
हामीले आन्द्रामाथि आन्द्रा खप्टिने समस्याको पनि शल्यक्रिया गरेका छौं । ट्यूमर पलाएर आन्द्रा बटारिएर खप्टिने समस्या हुने गर्दछ । यस्ता समस्याको पनि सफल शल्यक्रिया गरेका छौं । त्यसैले जस्तोसुकै जटिल शल्यक्रिया पनि यस अस्पतालमा हुन्छ ।
हामीले मौलाकालिका अस्पतालमा रोगसँग सम्बन्धित विभागका चिकित्सकसँग जोडिएर शल्यक्रिया गर्दछौं । जसले गर्दा प्रायः सबै शल्यक्रियाहरु सफल भएका छन् । यस अस्पतालमा आईसियू, एनआईसियू, पिआईसियूको सुविधा पनि छ । जसले शल्यक्रियापछि पनि बिरामीले राम्रो केयर पाउँनुहुन्छ । एउटा अस्पतालमा शल्यक्रिया र त्यसपछि आवश्यक पर्ने उपकरण र दक्ष जनशक्ति यहाँ भएका कारण हामी सफल हुँदै आएका छौं ।
056-493738 , 493798
info@maulakalikahospital.com
Bharatpur - 10 Chaubiskoti (In front of Airport)